Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

स्थानीय सरकार सञ्चालन ऐन, संशोधन विधेयकका विषयमा साझा धारणा आवश्यक: उपप्रमुख डंगोल


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अघि बढेको स्थानीय सरकार सञ्चालन ऐनको संशोधनको मस्यौदामाथि ध्यानाकर्षण भएको बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, संशोधनले स्थानीय सरकारको संरचना र अवस्थामा प्रभाव पार्ने भएकोले उपत्यकाका पालिकाहरुका प्रमुख र उपप्रमुखले एउटै धारणा बनाएर सुझाव दिनुपर्ने बताउनुभएको छ । आज चन्द्रागिरी नगरपालिकाले आयोजना गरेका काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७ औँ बैठकमा उहाँले यस्तो धारणा राख्नभुएको हो । उहाँले उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग ऐनको संशोधनका विषयमा कुरा गर्दै उपत्यका मेयर्स फोरमको बैठकमा सबै प्रमुख र उपप्रमुख बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।

त्यस क्रममा बोल्दै फोरमका महासचिव गिरीले भन्नुभयो, ‘फोरमको सचिवालय बैठकमा छलफल गरेर यसलाई प्रस्तावका रुपमा अगाडि साछौँ । फागुन १८ गते फोरमको बैठक बस्ने योजना छ । त्यस बैठकमा सबै प्रमुख र उपप्रमुख भेला भएर छलफल गरौँ ।’संशोधनका बुँदामा उपप्रमुखहरुको समान धारणा बनाउन काठमाडौँ महानगरपालिकाले उपप्रमुख प्रमुख सञ्जालको बैठकको आयोजना गर्ने भएको छ । बैठकमा उपप्रमुख डंगोलले, उपत्यकाका पालिकाहरुमा समान दर बनाउन सकिने कर तथा राजस्वका क्षेत्रको अध्ययन गर्न प्रस्ताव गर्नुभयो । कतिपय शीर्षकको दर एउटै बनाउन सकिने सम्भवना रहेको उहाँको भनाइ थियो ।

सञ्जालको छैटौँ बैठक ललितपुरको महाङ्काल गाउँपालिकाले आयोजना गरेको थियो । गाउँपालिकाकी उपप्रमुख डोल्मामाया गोलेले बैठकको निर्णय पुस्तिका चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठलाई प्रदान गर्दै बैठकको अध्यक्षता हस्तान्तरण गर्नुभएको थियो । हरेक महिना एक एकवटा पालिकाले बैठकको अध्यक्षता गर्ने र यो अर्कोमा सर्दै जाने सञ्जालले अभ्यास गरिरहेको छ । अबको बैठक मध्यपुर थिमी नगरपालिकाले आयोजना गर्नेछ । हरेक बैठकमा उपप्रमुखको जिम्मेवारीमा पर्ने विषयमा विषयविज्ञको प्रस्तुति राखेर त्यसमा छलफल गर्ने क्रममा यसपटक स्थानीय तहको राजस्व व्यवस्थापन र स्थानीय करका विषयमा नेपाल सरकारका पूर्व सचिव गोपीकृष्ण खनालले प्रस्तुतिकरण गर्नुभयो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?