Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

काम गर्नेलाई हत्कडी? मेलम्चीमा भएकाे यसाे हाे


-भीम उपाध्याय,पूर्वसचिव

मेलम्चीमा पहुँच सडक निर्माण हेनिल कोनको जेभीसंगको ठेक्काबारे भुक्तानी निर्णय गर्न निरन्तर डराएर ८ वर्षसम्म लम्ब्याउदा सिंगापुरस्थित अन्तर्राष्ट्रिय आर्बिर्ट्रेसन ट्रिबुनलले नेपाल सरकारलाई चक्रवर्ति ब्याजसहित साढे ५ गुणा भन्दा बढी रकम ठेकेदारलाई तिर्नुपरेको थियो ।

०६८ सालमा त्यसबेला जम्मा रू ७ करोडको रकमको दाबी गरेको ठेकेदारलाई त्यसबेलाका एकपछि अर्का व्यवस्थापकहरूले लगातार भुक्तानी दिन अस्वीकार गरेर ८ वर्षसम्म झुलाई आपसी सहमतिमा नोगोससन गरी केही लेनदेन गरेर समाधान गर्न सकिने विषयलाई समाधान गर्न ऑट नगर्दा ०७४ सालमा आएर सिंगापुरस्थित अन्तर्राष्ट्रिय आर्बिर्ट्रेसन सेन्टरले रू ३८ करोड तिर्नुपर्ने फैसला गरेकोले म स्वयंको अध्यक्षताको मेलम्ची बोर्डले सर्लक्क चेक काटेर ३८ करोड भुक्तानी दिन परेको थियो ।

रू ७ करोड तिर्दा अख्तियारको हत्कडी लाग्ने डर तर रू ३८ करोड तिर्दा चैं सबैलाई हाईसन्चो हुने मुलुक हो यो। प्रोजेक्ट म्यानेजमेन्टलाई खरिदार, वकिल वा लेखापाल जस्ता सम्झेर व्यवहार गर्ने मुलुक हो यो!देश डुबाउने काम नगर्नेले हो। असल मान्छे डुबाउने भनेको काम गर्नेलाई हत्कडी लगाउनेले हो।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?