Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

घोडाघोडीको कायापलट हुने गरी विकास गर्छौ : मुख्यमन्त्री शाह


काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।

‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २४ वर्षमा कायापलट हुने गरी हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने । घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए ।

त्यसैगरी चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो भने घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताएका छन् ।

 


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?