Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा


काठमाडौं। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुनेछ। सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ। सहभागीहरूले https://www.mayakopahichan.com/participate यो लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नेछन्।

नेपालमा इन्द्रेणी पर्यटनको सम्भावनाबारे मायाको पहिचान नेपालले निरन्तर छलफल गरिरहेको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ।

पर्यटन बोर्डले समावेशी (रेन्बो) पर्यटन प्रवर्द्धनका लागि पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ। सांस्कृतिक दूत नियुक्त पन्त विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवर्द्धन गर्ने अभियानमा लागेका छन्। नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्ने तयारीमा जुटेको छ।

सांस्कृतिक दूत नियुक्त पन्तले गरिबी निवारण, आर्थिक संवृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने बताए। नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद छैन। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए। नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ। माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेका छन्।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?