Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा


काठमाडौं। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिलो इन्द्रेणी पर्यटन सम्मेलन नेपालमा हुँदैछ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन अप्रिल २० र २१, २०२४ मा छाया सेन्टर नजिकै एलफ्ट होटेलमा हुनेछ। सम्मेलनमा सहभागी हुनका लागि मायाको पहिचान नेपालले रजिस्ट्रेसन खुल्ला गरेको छ। सहभागीहरूले https://www.mayakopahichan.com/participate यो लिङ्कमा क्लिक गरेर फर्म भर्न सक्नेछन्।

नेपालमा इन्द्रेणी पर्यटनको सम्भावनाबारे मायाको पहिचान नेपालले निरन्तर छलफल गरिरहेको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा मायाको पहिचान नेपालले समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्श सम्पन्न गरिसकेको छ।

पर्यटन बोर्डले समावेशी (रेन्बो) पर्यटन प्रवर्द्धनका लागि पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तलाई सांस्कृतिक दूत नियुक्त गरेको छ। सांस्कृतिक दूत नियुक्त पन्त विश्वका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको न्याय र समानतासँगै रेन्बो पर्यटन प्रवर्द्धन गर्ने अभियानमा लागेका छन्। नेपाल विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वागत गर्ने तयारीमा जुटेको छ।

सांस्कृतिक दूत नियुक्त पन्तले गरिबी निवारण, आर्थिक संवृद्धिका लागि इन्द्रेणी पर्यटन महत्त्वपूर्ण बन्ने बताए। नेपालमा अहिलेसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि विभेद छैन। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि फ्रेण्ड्ली वातावरण छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीका लागि हनिमुन डेस्टिनेसन नेपाल हुन सक्ने पन्तले बताए। नेपाल दक्षिण एसियामै इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको छ। माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा विवाह दर्ता गरेका छन्।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?