Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बेलारुसमा अलपत्र महिलालाई स्वदेश फर्काउन माग


३ चैत्र, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेका छन् ।

उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा खतिवडाले विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु¥याएको खबर प्राप्त भएकाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताए । अलपत्र परेका महिलामा सानुमाया तामाङ (नुवाकोट), कविता थापामगर र अञ्जना मगर (रामेछाप), रत्नमाया राई (धनकुटा), पार्वतीमाया तितुङ (मकवानपुर), रमिता राई (भोजपुर), सुष्मा तामाङ (काभ्रेपाल्चोक), मीना गुरुङ (चितवन) र मार्था सोताङ राई (मोरङ) छन् ।

यसैबीच एकीकृत समाजवादीले विज्ञाप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका महिलाको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा बेलारुसमा नौ नेपाली महिलालाई लामो समयदेखि अलपत्र पारिएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?