Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने


दमौली,तनहुँ। नेकपा (एकीकृत समाजवादी) तनहुँले दुई महिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।

उक्त पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिएका छन् । उनले भने, “जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

उक्त बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पारेका थिए । वर्तमान गठबन्धनलाई बलियो बनाउँदै सरकारका गतिविधिलाई जनउत्तरदायी बनाउन पार्टीले केन्द्रमा भूमिका खेलिरहेको उनको भनाइ रहेको थियो ।

सो पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा समेत गरेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?