Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने


बेइजिङ। चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । सो योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ भने सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।

प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ भने चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

त्यस्तै, चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?