Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने सरकारको घोषणा


३ चैत्र, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख पुरस्कार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टोलीका  सदस्यलाई बालुवाटारमा बोलाएर भेटघाट गरेपछि उक्त घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’

हिजो भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको थियो ।

बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियम अनुसार युएईलाई डिएलएस पद्धतिमा नेपालले ९ रनले पराजित गरेको थियो ।

उक्त जितसँगै नेपाल जिम्मावेमा हुने विश्वकप छनाैट खेलका लागि छनाैट भएको छ । बिहीबार भएको खेलमा प्रधानमन्त्री प्रचण्ड मैदानमै गएर खेलाडीहरूको हाैसला बढाएका थिए ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?