Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाली क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने सरकारको घोषणा


३ चैत्र, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख पुरस्कार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टोलीका  सदस्यलाई बालुवाटारमा बोलाएर भेटघाट गरेपछि उक्त घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’

हिजो भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको थियो ।

बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियम अनुसार युएईलाई डिएलएस पद्धतिमा नेपालले ९ रनले पराजित गरेको थियो ।

उक्त जितसँगै नेपाल जिम्मावेमा हुने विश्वकप छनाैट खेलका लागि छनाैट भएको छ । बिहीबार भएको खेलमा प्रधानमन्त्री प्रचण्ड मैदानमै गएर खेलाडीहरूको हाैसला बढाएका थिए ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?