Trending
>>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान
Logo
१ बैशाख २०८२, आईतवार
१ बैशाख २०८२, आईतवार

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै


जाजरकोट। कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि बोलपत्र आह्वान सुरु भएको हो ।

त्यस्तै, हुम्लास्थित मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरी काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताएका छन्। उनका अनुसार प्रदेश र सङ्घीय सरकारको रु नौरनौ करोड बजेटमा पूर्वाधार निर्माण सुरु हुन लागेको हो ।

सिमकोट गाउँपालिका–५ र ६ तथा खार्पूनाथ गाउँपालिका–५ मा पर्यटन पूर्वाधारको काम थालिएको जैशीले बताए । दश किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्र, तीन विद्यालयको भवन निर्माणका साथै खार्पुनाथस्थित शिवमन्दिरको स्तरोन्नति गरिने उनले जानकारी दिएका छन् ।

पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापाका अनुसार अध्ययनका लागि बोलपत्र आह्वान गरेर मूल्याङ्कन गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पठाइएको छ भने सो मन्त्रालयबाट स्वीकृत भएपछि मात्र डिपिआरको काम सुरु हुने उनको भनाइ रहेको छ । उपल्लो डोल्पामा पर्ने फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण हुने उनले बताए ।

त्यसैगरी, शे–फोक्सुन्डो गाउँपालिका–७ र ८ को बस्तीलाई एकीकृत गरेर विकास गर्न लागिएको थापाले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा नै उक्त कामको सुरुवात हुनेछ भनेरु ४० करोडको काम हुने उनले बताए। प्रदेशकै गौरवका रुपमा रहेको फोक्सुन्डो तालको संरक्षण र प्रवर्द्धनका लागि ताल किनाराको बस्तीलाई विकास गर्न लागिएको पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताएका छन् ।

उनका अनुसार फोक्सुन्डो ताल किनाराको ‘रिग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । त्यस्तै, पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड विनियोजन गरेको शाहीले जानकारी दिदै स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताएका छन् ।

उक्त तालको संरक्षण गर्ने, धार्मिक महत्वका संरचना निर्माण गर्ने, रिग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख थापाले जनाए। उनका अनुसार बहुवर्षीय योजना भएकाले अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।

त्यसैगरी, वरिपरि पहाड र बीचमा फोक्सुण्डो ताल छ । डोल्पाको फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो क्षेत्र आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ भने समुद्री सतहबाट तीन हजार छ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव छ किलोमिटर छ । गहिराइ छ सय ५० मिटर छ ।

पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो । शे–फोक्सुण्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा १२ वर्षमा एक पटक लाग्ने गर्दछ भने यहाँ आगामी वर्ष उक्त मेला लगाउन स्थानीय सक्रिय भएका छन् । उक्त मेलामा देश तथा विदेशबाट पाहुना आउने आयोजकले अपेक्षा गरेका छन् भने सो गाउँपालिकाको मुख्य आयोजनामा हुने उक्त मेलाको सह–आयोजक डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका रहेका छन् ।

त्यस्तै, डोल्पा जिल्लाका अन्य सबै छिमेकी स्थानीय तहसँग मेला सफल पार्न सहकार्य गरिने शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष एवं मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङले बताए । अध्यक्ष गुरुङले मेला आगामी भदौ २ गतेदेखि ५ गतेसम्म माथिल्लो डोल्पाको ‘शे’मा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?