Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप


काठमाडौं। लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।

करिब ५० जना आन्दोलनकारीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरू संसद् भवन परिसरमै नाराबाजी गर्न पुगेका हुन् ।

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।

सङ्घीय सांसदभित्र प्रवेश पास विना जान दिइँदैन भने सङ्घीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका पैदल हिँडेर काठमाडौं आएका उनीहरुरभ अर्थमन्त्रीको राजीनामा समेत मागेका थिए ।

जानकारहरूका अनुसार आन्दोलनकारी संसद भवन परिसर भित्र प्रवेश गरेर आन्दोलन गरेको सम्भवत यो पहिलो घटना हो । उक्त घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?