Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप


काठमाडौं। लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो ।

करिब ५० जना आन्दोलनकारीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरू संसद् भवन परिसरमै नाराबाजी गर्न पुगेका हुन् ।

पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।

सङ्घीय सांसदभित्र प्रवेश पास विना जान दिइँदैन भने सङ्घीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका पैदल हिँडेर काठमाडौं आएका उनीहरुरभ अर्थमन्त्रीको राजीनामा समेत मागेका थिए ।

जानकारहरूका अनुसार आन्दोलनकारी संसद भवन परिसर भित्र प्रवेश गरेर आन्दोलन गरेको सम्भवत यो पहिलो घटना हो । उक्त घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?