Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई


३ चैत्र ,ताप्लेजुङ। सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।

पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कारस्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ, उत्कष्ट ब्लकर फुङ्लिङका भवानी भट्टराई, उत्कृष्ट लिफ्टर पाथीभराका विनोद कार्की, उत्कृष्ट सर्भर फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डर फुङ्लिङकै अभिषेश राई, उत्कृष्ट स्पाइकर पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्स रविन इजम, उदीयमान खेलाडी पाथिभराकै बाबुराम बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक सिरीजङ्घाका शिव तोलाङ्गी घोषित भए ।

प्रतियोगिता गत सोमबारदेखि सञ्चालन भएको थियो ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?