Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

निजामति कर्मचारी अस्पतालमा कर्मचारीहरु आन्दोलित, अदालतको फैसला विपरीत व्यवस्थापन


२ चैत,काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा मागेका छन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलन समेत घोषणा गरेका छन् । भोलि देखि १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन् ।

निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन गरेका हुन् । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनिका सचिप विनोद पोखरेल जानकारी दिएका छन , डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले पोखरेलको भनाईलाई सहमत जनाएका छन:
उनिहरुले आज बिरोध स्वरुप कालो ब्यानरमा आफ्ना मागहरु लेखेर अस्पतालमा टाँसेका छन् ।

ब्यानरमा ६ वटा माग लेखिएको छ ।

१)असक्षम कार्यकारी निर्देशक राजिनामा गर,
२)पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर,
३)अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर
४) विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न,
५)रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्न समेत उनिहरुले ब्यवस्थापन पक्षसंग माग गरेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?