Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

निजामति कर्मचारी अस्पतालमा कर्मचारीहरु आन्दोलित, अदालतको फैसला विपरीत व्यवस्थापन


२ चैत,काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा मागेका छन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलन समेत घोषणा गरेका छन् । भोलि देखि १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन् ।

निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन गरेका हुन् । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनिका सचिप विनोद पोखरेल जानकारी दिएका छन , डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले पोखरेलको भनाईलाई सहमत जनाएका छन:
उनिहरुले आज बिरोध स्वरुप कालो ब्यानरमा आफ्ना मागहरु लेखेर अस्पतालमा टाँसेका छन् ।

ब्यानरमा ६ वटा माग लेखिएको छ ।

१)असक्षम कार्यकारी निर्देशक राजिनामा गर,
२)पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर,
३)अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर
४) विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न,
५)रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्न समेत उनिहरुले ब्यवस्थापन पक्षसंग माग गरेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?