Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

काठमाडौँ महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत


२ चैत्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ । महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ ।

मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ ।

महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ ।

महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ । यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?