Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला


काठमाडौं। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

त्यसैगरी, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको र बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको कम्पनीले जनाएको छ भने फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यसमा आवेदन दिन सक्नेछन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?