Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

तीनदिने मैत्री दिवस मनाइने


२ चैत्र ,काठमाडौँ । बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ ।

सो सङ्घले आज यहाँ एक कार्यक्रम आयोजना गरी विश्व शान्तिका पक्षमा झापाको काँकडभिट्टास्थित कालीखोला, भोजपुरस्थित षडानन्द नगरपालिकाको हजारे, सिन्धुलीको गड्यौली, बाराको निजगढ–रतनपुर, चितवनको भरतपुर–नयाँबस्ती, लमजुङको कोझ्योक्पा, नवलपुरको पिठौली, सिन्धुपाल्चोकको टोड्केबारी, दोलखाको मेलुङ र रामेछापको च्यास्कुमा धार्मिक अनुष्ठान गर्न लागेको जनाएको छ ।

सङ्घका केन्द्रीय सदस्य एवं मैत्री दिवस प्रचार–प्रसार समितिका संयोजक बृषध्वज वाइवाले सम्पूर्ण मानव तथा प्राणी जगत्को सुख, शान्ति र समृद्धिका पक्षमा अघिल्ला वर्षमा जस्तै हुन लागेको पाठपूजा, प्रार्थनासहितको धार्मिक अनुष्ठानमा सहभागी भई मैत्री दिवस भव्यतासाथ मनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरे।

हरेक वर्ष तीन दिन बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको सङ्घले जनाएको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?