Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

तीनदिने मैत्री दिवस मनाइने


२ चैत्र ,काठमाडौँ । बोधी श्रवण धर्म सङ्घ नेपालले यही चैत ८ गतेदेखि देशका विभिन्न १२ स्थानमा धार्मिक अनुष्ठान आयोजना गरी मैत्री दिवस मनाउने भएको छ ।

सो सङ्घले आज यहाँ एक कार्यक्रम आयोजना गरी विश्व शान्तिका पक्षमा झापाको काँकडभिट्टास्थित कालीखोला, भोजपुरस्थित षडानन्द नगरपालिकाको हजारे, सिन्धुलीको गड्यौली, बाराको निजगढ–रतनपुर, चितवनको भरतपुर–नयाँबस्ती, लमजुङको कोझ्योक्पा, नवलपुरको पिठौली, सिन्धुपाल्चोकको टोड्केबारी, दोलखाको मेलुङ र रामेछापको च्यास्कुमा धार्मिक अनुष्ठान गर्न लागेको जनाएको छ ।

सङ्घका केन्द्रीय सदस्य एवं मैत्री दिवस प्रचार–प्रसार समितिका संयोजक बृषध्वज वाइवाले सम्पूर्ण मानव तथा प्राणी जगत्को सुख, शान्ति र समृद्धिका पक्षमा अघिल्ला वर्षमा जस्तै हुन लागेको पाठपूजा, प्रार्थनासहितको धार्मिक अनुष्ठानमा सहभागी भई मैत्री दिवस भव्यतासाथ मनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरे।

हरेक वर्ष तीन दिन बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको सङ्घले जनाएको छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?