Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा


२ चैत्र ,काठमाडौँ । सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो ।

सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे । यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए ।

खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो । सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?