Trending
>>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित


२ चैत्र, एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो ।

फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ । हरेक कार्यकाल चार वर्षको हुन्छ तर उनले गत डिसेम्बरमा आफ्नो पहिलो तीन वर्षको कार्यकाललाई पूर्णकार्यकालका रूपमा गणना गर्न नहुने तर्क गर्दै सन् २०३१ सम्म पदमा रहनसक्ने बताएका छन् ।

गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा कतारले प्रवासी कामदार, महिला र अल्पसङ्ख्यकका अधिकार रक्षामा बेवास्ता गरेको उनीहरूमाथि असल व्यवहार नगरेको आलोचनाको डटेर प्रतिरक्षा गरेका इन्फान्टिनोले महिला तथा पुरुष विश्वकप फुटबल प्रतियोगिताको विस्तारका साथै फिफाको आय वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् ।

इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ । यसअघि ३२ टोलीले स्पर्धा गरेको विश्वकपमा अब ४८ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो वर्षको अन्त्यमा अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३२ टोली भिड्ने छन् ।

इन्फान्टिनो नेतृत्वको फिफाले अघिल्लो कार्यकालमा करिब पाँच अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो भने अबको चार वर्षमा त्यसलाई ११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ ।

भ्रष्टाचारमा मुछिएपछि पदमुक्त भएका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी ५२ वर्षीय इन्फान्टिनो सन् २०१६मा फिफा अध्यक्ष भएका थिए । फिफा अध्यक्षका रूपमा अब उनले तेस्रो कार्यकाल विश्व फुटबलको उन्नयनमा बिताउने छन् ।

अध्यक्ष इन्फान्टिनोले फिफालाई विश्वसनीय, भरपर्दो, आधुनिक, व्यावसायिक एवम् जवाफदेही सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्गठन सुधार तथा फुटबलका प्रमुख प्रतियोगिताहरूमा विश्वव्यापी सहभागिता बढाउने तथा फुटबलको विकासमा लगानी अभिवृद्धि गर्ने प्रण पनि उनले गरेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?