Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘उपहार’मा पुरुषको पनि पिडा छः रेखा थापा


काठमाडौं। अभिनेत्री रेखा थापाले ‘उपहार’मा समाज रुपान्तरणदेखि नारीमात्र होइन, पुरुष पनि पीडित रहेको कुरा उठाइएको बताएकी छन् । ‘उपहार’ हरेक बर्गका दर्शकका लागि उपयुक्त फिल्म भएको उनको भनाई रहेको छ ।

‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको फिल्म हो’, उनले भनिन् ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नहेर्नेका लागि पनि यो उपयुक्त छ ।’ ‘उपहार’ सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको उनको दाबी छ ।

‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा दर्शकले पाउनुहुनेछ’, उनले थपिन् ।

रेखाका अनुसार फिल्म ‘उपहार’को कथा फरक छ । छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ ।

रेखा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउन लागेकी हुन् । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहेकी रेखाले अमेरिकाबाटै फिल्मको विभिन्न माध्यमबाट प्रचार गरिरहेकी छन् ।

उनले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ आएको थियो भने पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । त्यस्तै, ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा रेखाको अलवा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय रहेको छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?