Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

डिसेम्बरदेखि ‘पठान २’ को छायांकन गर्दै शाहरुख


काठमाडौं। यशराज फिल्मको जासूस ब्रह्माण्ड ‘पठान’बाट शाहरुख खान गतवर्ष एक्सन फिल्मतिर मोडिएका छन् । सिद्धार्थ आनन्द निर्देशित सो फिल्मले गतवर्ष उछाल कमाइ गर्‍यो भने संकटमा फसेको बलिउडलाई समेत यसले उद्द्धार गर्‍यो ।

त्यस्तै, शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको शीर्ष भूमिका रहेको फिल्मले ‘बाहुबली २’ को कलेक्सनलाई समेत उछिन्दै धेरै कमाउने ग्रसर फिल्मको रुपमा रेकर्ड रच्यो भने भविष्यमा पनि सिक्वेल बनाउने बाटो खुला गर्दै ‘पठान’को पहिलो भाग टुंगिएको थियो । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार शाहरुख जासूसको रुपमा पुनः फर्किन तयार छन् भने निर्माता आदित्य चोपडाले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको रुपमा घोषणा गरेको ‘पठान’को दोस्रो श्रृंखला बन्ने निश्चित भएको छ ।

त्यसैगरी, जनवरी २०२३ मा ‘पठान’ रिलिज हुनेबित्तिकै शाहरुख र आदित्यले यो फिल्मलाई स्पिनअपको रुपमा बनाउने निर्णय लिएका थिए । ‘पठान’ यशराज ब्यानरले निर्माण गरेको स्पाइ युनिभर्सको आठौं फिल्म हो । यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान, टाइगर ३, वार २ र आलिया भट्ट स्टारर अनटाइटल फिल्म रहेका छन् छन् । पठान’ स्पाइ युनिभर्समा सर्वाधिक ५४० करोड कमाउने फिल्म हो । यसले विश्वभर एक हजार करोड भारु कमाइ गरेको छ ।

उक्त फिल्मको छायांकन आउँदो डिसेम्बरदेखि सुरु हुने जनाइएको छ । स्पाइ(युनिभर्सको यो नयाँ फिल्मले पठान भर्सेस टाइगरको कथावस्तुलाई अघि बढाउनेछ भने सो फिल्ममा शाहरुख र सलमान एकसाथ देखिनेछन्, जसको पहिलो झलक अघिल्लो श्रृंखलामा आइसकेको छ ।

 

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?