Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

डिसेम्बरदेखि ‘पठान २’ को छायांकन गर्दै शाहरुख


काठमाडौं। यशराज फिल्मको जासूस ब्रह्माण्ड ‘पठान’बाट शाहरुख खान गतवर्ष एक्सन फिल्मतिर मोडिएका छन् । सिद्धार्थ आनन्द निर्देशित सो फिल्मले गतवर्ष उछाल कमाइ गर्‍यो भने संकटमा फसेको बलिउडलाई समेत यसले उद्द्धार गर्‍यो ।

त्यस्तै, शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको शीर्ष भूमिका रहेको फिल्मले ‘बाहुबली २’ को कलेक्सनलाई समेत उछिन्दै धेरै कमाउने ग्रसर फिल्मको रुपमा रेकर्ड रच्यो भने भविष्यमा पनि सिक्वेल बनाउने बाटो खुला गर्दै ‘पठान’को पहिलो भाग टुंगिएको थियो । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार शाहरुख जासूसको रुपमा पुनः फर्किन तयार छन् भने निर्माता आदित्य चोपडाले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको रुपमा घोषणा गरेको ‘पठान’को दोस्रो श्रृंखला बन्ने निश्चित भएको छ ।

त्यसैगरी, जनवरी २०२३ मा ‘पठान’ रिलिज हुनेबित्तिकै शाहरुख र आदित्यले यो फिल्मलाई स्पिनअपको रुपमा बनाउने निर्णय लिएका थिए । ‘पठान’ यशराज ब्यानरले निर्माण गरेको स्पाइ युनिभर्सको आठौं फिल्म हो । यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान, टाइगर ३, वार २ र आलिया भट्ट स्टारर अनटाइटल फिल्म रहेका छन् छन् । पठान’ स्पाइ युनिभर्समा सर्वाधिक ५४० करोड कमाउने फिल्म हो । यसले विश्वभर एक हजार करोड भारु कमाइ गरेको छ ।

उक्त फिल्मको छायांकन आउँदो डिसेम्बरदेखि सुरु हुने जनाइएको छ । स्पाइ(युनिभर्सको यो नयाँ फिल्मले पठान भर्सेस टाइगरको कथावस्तुलाई अघि बढाउनेछ भने सो फिल्ममा शाहरुख र सलमान एकसाथ देखिनेछन्, जसको पहिलो झलक अघिल्लो श्रृंखलामा आइसकेको छ ।

 

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?