Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेपाललाई युएईले दियो जितका लागि ३११ रनको विशाल लक्ष्य


२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो ।

युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक चाँडो शतक प्रहार गर्ने चौंथो समेत बनेका छन् ।

त्यस्तै, युएईका लागि भृत्या अर्विन्दले ९४, कप्तान मुहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाएका थिए ।

त्यसैगरी, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?