Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाललाई युएईले दियो जितका लागि ३११ रनको विशाल लक्ष्य


२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो ।

युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक चाँडो शतक प्रहार गर्ने चौंथो समेत बनेका छन् ।

त्यस्तै, युएईका लागि भृत्या अर्विन्दले ९४, कप्तान मुहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाएका थिए ।

त्यसैगरी, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?