Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बर्लिनमा इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक


काठमाडौं। बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । ‘कालोपोथी’ फेम्ड मीनबहादुर भामको यो दोस्रो निर्देशकीय फिचर हो ।

त्यस्तै, फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक भएको हो । उक्त फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ भने व्यापारका लागि गएका पुरुष फर्कंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनको लागि उसलाई खोज्न थाल्छिन् ।

उक्त फिल्मका शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन ट्रेलरमा छन् भने सके फिल्मले नेपाली हिमालय क्षेत्रमा सेट गरिएको कथा पेश गर्छ । त्यस्तै, तिब्बती र नेपाली भाषामा बनेको यो फिल्ममा कार्मसहितका नेपाली कलाकार समेत रहेका छन् ।

सुनी फिल्मले निर्माण गरेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार बेल्जियमको कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ भने अभिनेत्री थिन्लेका लागि ‘नाका’पछि यो दोस्रो फिल्म हो । सोनमका लागि पनि ‘सम्हालिन्छ कहिले मन’पछिको दोस्रो प्रोजेक्ट हो । निर्देशक भामले सन् २०२४ भित्रै नेपालमा रिलिज गर्ने बताएका छन् ।

त्यसैगरी, हिमालय क्षेत्रको दृश्य जति सुन्दर छ, उति नै मानवीय संवेदनाको निर्ममता पनि कथामा पोतिएको छ । निर्देशक भामले ‘कालोपोथी’मा पनि हिमाल पठारको यस्तै दृश्य र कथ्यलाई सशस्त्र द्वन्द्वको सेटिङमा प्रस्तुत गरेका थिए ।

 

 


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?