Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक


काठमाडौं। सन् २०२४ का लागि विश्वभरका मुलुकहरूको पासपोर्टको वरियता सार्वजनिक भएको छ। हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरियतामा फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ।

रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। जसका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन्। त्यस्तै रिपोर्टमा फ्रान्ससहित जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा रहेका छन्। यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।

त्यसैगरी, पासपोर्ट वरियतामा नेपाल १०३औँ स्थानमा रहेको छ भने नेपालका नागरिक विश्वका ४० मुलुक भिसा बिनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरियता १०३ नै रहेको थियो । नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३ औँ स्थानमा रहेको छ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ। अफगानिस्तान १०९ औँ स्थानमा रहेको छ। यहाँका नागरिक २८ मुलुकमा भिसा बिनै आवतजावत गर्न पाउने छन्।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?