Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

तनहुँ जीप दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो


दमौली,तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यसैगरी, बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी आँबुखैरेनी -६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी-१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी-६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन् ।

उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?