Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु


२ चैत्र, एजेन्सी। भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको स्थानीय अस्पतालबाट प्राप्त सूचनामा उल्लेख छ ।

“दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो,” उनले भने ।

दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ ।

राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन् र बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्याहरूको गुनासो गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ ।

गत हप्ता सङ्घीय स्वास्थ्य मन्त्रालयले कर्नाटक र हरियाणामा एचथ्री एनटू इन्फ्लुएन्जाका कारण एक÷एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?