Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु


२ चैत्र, एजेन्सी। भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको स्थानीय अस्पतालबाट प्राप्त सूचनामा उल्लेख छ ।

“दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो,” उनले भने ।

दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले सङ्क्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ ।

राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन् र बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्याहरूको गुनासो गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ ।

गत हप्ता सङ्घीय स्वास्थ्य मन्त्रालयले कर्नाटक र हरियाणामा एचथ्री एनटू इन्फ्लुएन्जाका कारण एक÷एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?