Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण


काठमाडौं। सांसद बलराम अधिकारीले कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दशौँ हजार मानिसहरू आवतजावत गर्ने उक्त नाका खोल्न भन्सार प्रमुख, अर्थमन्त्री लगायतको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरेका छन् ।

त्यस्तै, दशौँ हजार मानिसहरू आवतजावत गर्ने चाकाचौडा नाका खोल्न भन्सार प्रमुखलाई भन्दा कर्मचारी छैनन् माथि भन्नुस् भन्ने, अर्थमन्त्रीलाई भन्दा खोलिन्छ भन्ने तर दशौँ हजार मानिस र सयौँ गाडी आवतजावत गर्ने नाका बन्द छ ।’

उनले भने, ‘एकातिर सरकार राजश्व उठेन भन्छ, अर्कातिर राजश्व उठ्ने नाका खोल्दैन । त्यसैले यथाशीघ्र उक्त नाका खोल्न आग्रह गर्छु ।’


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?