Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

साहित्य सदन नेपालले विश्व कविता दिवसमा कविता महोत्सव गर्दै


काठमाडौं। साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो ।

उक्त सदनका अध्यक्ष प्रा.डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताएका छन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइनेछ ।

त्यसैगरी, सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेुँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो ।

साहित्यकार भ्रष्ट छैनन्ः कुलपति राई

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकारहरू संलग्न नभएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताए ।

त्यस्तै, साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उनले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताएका छन् ।

उक्त कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रा.डा भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?