Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

साहित्य सदन नेपालले विश्व कविता दिवसमा कविता महोत्सव गर्दै


काठमाडौं। साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो ।

उक्त सदनका अध्यक्ष प्रा.डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताएका छन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीयलाई रु १० हजारको पुरस्कार दिइनेछ ।

त्यसैगरी, सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले हरेक मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेुँगै नेपाल पनि यो दिवस मनाउन थालिएको हो ।

साहित्यकार भ्रष्ट छैनन्ः कुलपति राई

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले भ्रष्टाचार र अनियमिततामा अपवादबाहेक कवि साहित्यकारहरू संलग्न नभएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवका अवसरमा एसोसिएसनको भाषा साहित्य, कला संस्कृति समिति, नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्यमय प्रतिष्ठान नेपालद्वारा ‘संरक्षणमा कानुन व्यवसायीको भूमिका र दायित्व’ विषयक अन्तरविमर्शमा कुलपति राईले समाजमा हुने गरेका भ्रष्टाचार र अनियमितताका मुद्दामा अपवादबाहेक कवि साहित्यकार संलग्न नभएको बताए ।

त्यस्तै, साहित्यका विविध विधा र कृति पढ्न कानुन व्यवसायीलाई आग्रह गर्दै उनले बहुल भाषाबारे ज्ञान भएमा शब्दहरूको प्रयोगमा अर्थको अनर्थ नलाग्ने र फैसलाहरू त्रुटिरहित हुने बताएका छन् ।

उक्त कार्यक्रममा पूर्वन्यायाधीश कमलनारायण दासले सबै पक्ष मिलेर नेपाली भाषा र मातृभाषालाई बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रा.डा भागवत ढकालले भाषाको प्रयोग गर्दा विभिन्न मातृभाषाबाट आएका शब्दको सम्मान गर्नु अत्यावश्यक भएको बताएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?