Trending
>>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो >>   न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा दुर्गा प्रसाईंको रिट >>   सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ >>   नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री >>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

आज सुनचाँदीको मूल्य फेरी बढ्यो


काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?