Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको असरबारे छलफल


काठमाडौं। तेस्रो विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भइरहेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि छलफल सुरु भएको हो ।

उक्त सम्मेलनमा श्रमजीवी, मजदुर र किसानको पक्षमा वातावरण बन्नुपर्ने पक्षमा नेपालले मत राख्ने अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताएका छन् । उनले गरिखाने श्रमजीवी वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिनको लागि सम्मेलन भइरहेकाले नेपालले पनि त्यही अनुसारको मुद्दाहरु उठाएको बताए ।

त्यस्तै, श्रमजीवी वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिने विश्व सामाजिक मञ्चको सम्मेलनको उद्देश्य रहेको छ भने सो सम्मेलनमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाइएको छ । नेपालमा श्रमजीवी वर्गहरुको संख्या धेरै रहेकाले मुख्य गरेर सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको बताए ।

उनले नेपालमा जलवायु परिवर्तन, महिला हिंसा र श्रमिका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएको बताए। उनले सम्मेलनमा उठेका मुद्दाले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गर्ने विश्वास रहेको बताए । उनले युवा, महिला, श्रमिक र जलवायु परिवर्तनका विषयमा कार्यक्रमहरु गरिरहेको बताए । उनले टे«ड युनियन भित्र समान कामको समान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा छलफल चलिरहेको बताएका छन् ।

त्यस्तै, अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा श्रमिकहरुको पक्षमा भए मात्रै नेपालमा युवाहरु बस्ने र श्रम गर्ने वातावरण सिर्जना हुने र विदेशी मुलुकमा सामाजिक सुरक्षा राम्रो भएकाले नेपालीहरु पनि विदेशमा जाने गरेको बताएका छन् । उनले नेपाल सरकारले पनि सामाजिक सुरक्षा कार्यान्वयन गरी श्रमको सिर्जना नेपालभित्रै गर्न युवाहरुलाई मुलुकभित्रै रोक्न सक्ने बताउदै जलवायु परिवर्तनको कारण हिमालहरु पग्लने,पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिने समस्या देखिएकाले नेपालले विश्व सामाजिक मञ्चमा मुद्दालाई उठाएको समेत बताएका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?