Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

काठमाडौं सहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला


काठमाडौं। काठमाडौंसहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरुको विवरण यसप्रकार छन् ।

नवलपरासी पूर्व-मध्यबिन्दु नगरपालिका-११ तल्लो खयरसालस्थित काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका-४ घर भएका ३७ वर्षीय टेक बहादुर सोमै सोही नगरपालिका-११ मजुवास्थित अरुणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने ईलाम-माईजोगमाई गाउँपालिका-४ डाँडागाउँ बस्ने ३० वर्षीय भोजराज खत्री सोही नगरपालिका-४ नौलेगाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै, सुनसरी-ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

मोरङ- मिक्लाजुङ गाउँपालिका-२ बस्ने ६९ वर्षीय पदम राई सोही गाउँपालिका-२ कुवा पानीस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् भने सर्लाही-चक्रघटा गाउँपालिका-८ औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?