Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

काठमाडौं सहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला


काठमाडौं। काठमाडौंसहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरुको विवरण यसप्रकार छन् ।

नवलपरासी पूर्व-मध्यबिन्दु नगरपालिका-११ तल्लो खयरसालस्थित काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका-४ घर भएका ३७ वर्षीय टेक बहादुर सोमै सोही नगरपालिका-११ मजुवास्थित अरुणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने ईलाम-माईजोगमाई गाउँपालिका-४ डाँडागाउँ बस्ने ३० वर्षीय भोजराज खत्री सोही नगरपालिका-४ नौलेगाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै, सुनसरी-ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

मोरङ- मिक्लाजुङ गाउँपालिका-२ बस्ने ६९ वर्षीय पदम राई सोही गाउँपालिका-२ कुवा पानीस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् भने सर्लाही-चक्रघटा गाउँपालिका-८ औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?