Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इनरुवा-दुहबी सडक चाँडै निर्माण हुन्छः मुख्यमन्त्री कार्की


इनरुवा। कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरेका छन्। “सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ”, उनले भने ।

फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साहलगायतको सहभागिता रहेको थियो । सहभागीले इनरुवा–दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?