Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

संसद् पत्रकारका लागि खुला हुनुपर्नेछ– नर्वेकि राजदूत


१ चैत्र , विराटनगर ।  युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज  छलफल भएको छ । परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र आगामी दिनमा कस्तो सहयोग आवश्यक पर्ने विषयमा सुझाव लिने छलफलको उद्देश्य रहेको थियो ।

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत तोरुन ड्राम्दालले जनताको आवाज बुलन्द गर्ने पत्रकारले संसदीय रिपोर्टिङमा विशेष ध्यान दिनुपर्ने बताइन्‌। उनले नर्वेको संसदीय पत्रकारको अनुभव सुनाउँदै संसद् पत्रकारको लागि खुला हुनुपर्ने विचार राखेकि थिइन्‌ ।

कार्यक्रममा युएनडिपीका टिम लिडर यामबहादुर किसान र परियोजनाका प्रमुख राजबहादुर श्रेष्ठले मञ्च र संसद्को विषयमा बोलेका थिए ।

कार्यक्रममा मञ्चका संयोजक गणेश लम्साल, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सल्लाहकार विवेक गौतम, पत्रकार विनु तिमिल्सेना, राजु अधिकारी, तारा आचार्यले पनि संसदीय रिपोर्टिङका बारेमा आआफ्ना अनुभव सुनाएका थिए ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?