Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

संसद् पत्रकारका लागि खुला हुनुपर्नेछ– नर्वेकि राजदूत


१ चैत्र , विराटनगर ।  युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज  छलफल भएको छ । परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र आगामी दिनमा कस्तो सहयोग आवश्यक पर्ने विषयमा सुझाव लिने छलफलको उद्देश्य रहेको थियो ।

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत तोरुन ड्राम्दालले जनताको आवाज बुलन्द गर्ने पत्रकारले संसदीय रिपोर्टिङमा विशेष ध्यान दिनुपर्ने बताइन्‌। उनले नर्वेको संसदीय पत्रकारको अनुभव सुनाउँदै संसद् पत्रकारको लागि खुला हुनुपर्ने विचार राखेकि थिइन्‌ ।

कार्यक्रममा युएनडिपीका टिम लिडर यामबहादुर किसान र परियोजनाका प्रमुख राजबहादुर श्रेष्ठले मञ्च र संसद्को विषयमा बोलेका थिए ।

कार्यक्रममा मञ्चका संयोजक गणेश लम्साल, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सल्लाहकार विवेक गौतम, पत्रकार विनु तिमिल्सेना, राजु अधिकारी, तारा आचार्यले पनि संसदीय रिपोर्टिङका बारेमा आआफ्ना अनुभव सुनाएका थिए ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?