Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सञ्चार तथा प्रविधि प्रदर्शनीमा महानगरपालिकाले पठाएका १५ उद्यमी


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । प्रदर्शनी माघ २५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको थियो । सहभागी सोचहरुमा एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम थिए ।

प्रदर्शनीमा करिब १५० स्टल राखिएका थिए । ती स्टलमा प्रविधिका बढ्दो विकाससँगै बजारमा आएका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सामान तथा यससँग सम्बन्धित प्रविधिको प्रदर्शन गरिएको थियो । कम्प्युटर, प्रिन्टर, कम्प्युटर एसेसरिज, सफ्टवेयरहरु, सुरक्षा प्रणाली सहित नवप्रवर्तनमा आधारित वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘हाम्रा दैनिक क्रियाकलाप प्रविधिमा आधारित भइसकेका छन् । उद्यम पनि अव प्रविधिमा आधारित नभइ सुखै छैन । यसकारण हामीले प्रविधिमा आधारित उद्यमलाई प्रबर्धन गरेका हौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘हामीले अवसर दिएका उद्यमीहरु थप कामका लागि उत्साहित भएको पाएको छु । यसबाट स्थानीय स्रोत साधनको उच्च उपयोग गर्दै उत्पादन प्राप्त हुन सक्ने देखिएको छ ।’

सहरी समस्या समाधानका लागि हामीले सञ्चालन गरेको कार्यक्रमबाट छनोट भएका सोचहरुमा अवलोकनर्ताको चासो देखियो । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘कार्यक्रमबाटे नतिजा आएको छ । यसबाट नविन सोचलाई प्रवर्धन गर्दा त्यसले समुदाय स्तरमा पहुँच पु¥याउँछ भन्ने सिकाइ भएको छ ।’

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी गरिसकेको छ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भन्नुहुन्छ, ‘सोचकर्तालाई प्रदर्शनीबाट उद्यम विकासका लागि उत्प्रेरित गरेको छ । स्टलहरुबाट दैनिक ६० हजार रुपैयाँसम्मको व्यापार भएको छ । यो सुखद सुरुवात हो ।’


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?