Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सञ्चार तथा प्रविधि प्रदर्शनीमा महानगरपालिकाले पठाएका १५ उद्यमी


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । प्रदर्शनी माघ २५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको थियो । सहभागी सोचहरुमा एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम थिए ।

प्रदर्शनीमा करिब १५० स्टल राखिएका थिए । ती स्टलमा प्रविधिका बढ्दो विकाससँगै बजारमा आएका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सामान तथा यससँग सम्बन्धित प्रविधिको प्रदर्शन गरिएको थियो । कम्प्युटर, प्रिन्टर, कम्प्युटर एसेसरिज, सफ्टवेयरहरु, सुरक्षा प्रणाली सहित नवप्रवर्तनमा आधारित वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘हाम्रा दैनिक क्रियाकलाप प्रविधिमा आधारित भइसकेका छन् । उद्यम पनि अव प्रविधिमा आधारित नभइ सुखै छैन । यसकारण हामीले प्रविधिमा आधारित उद्यमलाई प्रबर्धन गरेका हौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘हामीले अवसर दिएका उद्यमीहरु थप कामका लागि उत्साहित भएको पाएको छु । यसबाट स्थानीय स्रोत साधनको उच्च उपयोग गर्दै उत्पादन प्राप्त हुन सक्ने देखिएको छ ।’

सहरी समस्या समाधानका लागि हामीले सञ्चालन गरेको कार्यक्रमबाट छनोट भएका सोचहरुमा अवलोकनर्ताको चासो देखियो । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘कार्यक्रमबाटे नतिजा आएको छ । यसबाट नविन सोचलाई प्रवर्धन गर्दा त्यसले समुदाय स्तरमा पहुँच पु¥याउँछ भन्ने सिकाइ भएको छ ।’

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी गरिसकेको छ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भन्नुहुन्छ, ‘सोचकर्तालाई प्रदर्शनीबाट उद्यम विकासका लागि उत्प्रेरित गरेको छ । स्टलहरुबाट दैनिक ६० हजार रुपैयाँसम्मको व्यापार भएको छ । यो सुखद सुरुवात हो ।’


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?