Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पोखरामा तेस्रो रेवान कप टेनिस सुरु


१ चैत्र ,गण्डकी ।पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिएका छन्‌ । आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए ।

उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरेका थिए । खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोस्रोे र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन्‌ । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।

त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ (नदीपुर)ले वीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरेका थिए। त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले शरण गुरुङले लोक गुरुङलाई ६–१, ६–४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन्‌ ।

यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेका थिए । प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिएका छन्‌। चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?