Trending
>>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

हिमालय लघुवित्त वित्तीय संस्थाद्वारा पीडित मानमाया लामालाई बिमा दाबी रकम भुक्तानी


ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउपालिका वडा न २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह न.१ बाट १ लाख ५५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको छ । हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बिमा बापतको रकम उपलब्ध गराएको हो ।

सस्थाले लघु बिमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ गरी संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बिमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी बिकाश बैंक लिमिटेडको चेक मार्फत शाखाको केन्द्र न.९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सस्थाले म्यादी जीवन बिमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अबस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन । बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक उज्वल श्रेष्ठ लगायत शाखाका सम्पुर्ण फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?