Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

हिमालय लघुवित्त वित्तीय संस्थाद्वारा पीडित मानमाया लामालाई बिमा दाबी रकम भुक्तानी


ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउपालिका वडा न २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह न.१ बाट १ लाख ५५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको छ । हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बिमा बापतको रकम उपलब्ध गराएको हो ।

सस्थाले लघु बिमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ गरी संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बिमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी बिकाश बैंक लिमिटेडको चेक मार्फत शाखाको केन्द्र न.९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सस्थाले म्यादी जीवन बिमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अबस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन । बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक उज्वल श्रेष्ठ लगायत शाखाका सम्पुर्ण फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?