Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’


१ चैत ,पाटन । उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्र्रियाका वक्ताहरुले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अधिकार प्राप्त गर्ने पक्ष जागरुक र सचेत नहुँदा ठगिने अवस्था आउँछ भने । उनले उपभोक्ताको अधिकारका लागि व्यवसायीलाई मात्र गाली गर्नेभन्दा पनि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नै जिम्मेवार हुनुपर्नेमा जोड दिए । उपभोक्ताको हकको सुनिश्चितताका साथै व्यवसायीको संरक्षण गर्नु नियमनकारी निकायको जिम्मेवारी हुने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उपभोक्ताको अधिकार संरक्षणमा व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको समान दायित्व रहेको बताए । “तीनै पक्षको समान भूमिका र बुझाइ आवश्यक छ । नियमन गर्नु हाम्रो दायित्व हो । हामीले अनुगमन गर्दा प्रदेशसँग समन्वय गरेर अनुगमन गर्छौँ । अनुगमनका नाममा कसैलाई त्रसित बनाउने हाम्रो मनसाय छैन ।” प्रजिअ आचार्यले भने ।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजना र ललितपुर महानगरपालिकाको सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरको सहजीकरणमा ‘सार्वभौम उपभोक्ता र नियमनकारी निकायको भूमिका’ विषयक अन्तक्र्रियामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले अनुगमन गर्दा सम्बन्धित क्षेत्रको एक जना विज्ञ राख्नुपर्ने बताए।

उनले पछिल्लो समय सहकारीले बचत फिर्ता नगर्दा समस्या भएको र चेक बाउन्सको समस्या धेरै भएको बताए । ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रीय, प्रदेश तथा स्थानीय तहका छुट्टाछुट्टै अनुगमन गर्ने संयन्त्र हुनुभन्दा एउटै भए राम्रो हुने तर्क गर्दै चाडपर्वमा मात्रै अनुगमन गर्ने पद्धति गलत भएको तर्क गरे।

ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपकमान महर्जनले बाह्रै महिना बजार अनुगमन हुनुपर्ने बताउँदै अनुगमन गर्दा व्यवसायी सचेतना कार्यक्रम गर्नु आवश्यक रहेको बताए । साना तथा घरेलु उद्योग कार्यालय ललितपुरकी उद्योग अधिकृत भूमिका ओझाले व्यवसायीमा कानुनी चेतनाको अभाव भएको बताउँदै अनुगमन गर्दा सम्झाएर नटेरेको खण्डमा मात्रै जरिमाना गर्ने गरेको बताइन्‌ ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?