Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर


काठमाडौं। घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो ।

२०८० जेठ १० गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा इजलासले मेहतालाई दोषी ठहर गर्दै बिगो बराबरकै २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।त्यस्तै, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ ।

सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । घरको नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मेहतालाई २०७९ चैत २७ गते विराटनगर महानगरपालिका ५ पुलचोकबाट नियन्त्रणमा लिएको थियो ।

 


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?