Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर


काठमाडौं। घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो ।

२०८० जेठ १० गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा इजलासले मेहतालाई दोषी ठहर गर्दै बिगो बराबरकै २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।त्यस्तै, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ ।

सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । घरको नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मेहतालाई २०७९ चैत २७ गते विराटनगर महानगरपालिका ५ पुलचोकबाट नियन्त्रणमा लिएको थियो ।

 


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?