Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याउछौँ: मन्त्री चित्रकार


हेटौँडा। बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याइने बताएका छन् । आज हेटौँडामा आयोजित बागमती उद्योग परिसङ्घको अन्तक्रिया कार्यक्रममा उनले बन्द उद्योगलाई सञ्चालनमा ल्याइने बताए ।

मन्त्री चित्रकारले बन्द उद्योगलाई सञ्चालन गर्ने, नयाँलाई निर्बाधरुपमा सञ्चालनको वातावरण बनाउनेलगायत कार्य गर्दै सरकार गरिरहेको बताएका छन् । उनले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन कमजोर निर्णयलाई सच्चाउँदै वैध मुद्दामा काम गर्ने बताए । यस क्षेत्रमा रहेको दृष्टिकोणमा सुधार ल्याउन जरुरी रहेको उनको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा परिसङ्घका अध्यक्ष लेखराज पोख्रेले प्रादेशिक नीति तथा कानुनमा संशोधन गर्नुपर्ने, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने, प्रदेश मन्त्रालयले आफैँले निर्णय गरी संशोधन गर्नसक्ने, सार्वजनिक निजी साझेदारीलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए।

उनले उद्योग सञ्चालनमा प्रदेश सरकारले स्पष्ट रुपमा जारी गरी कार्यान्वयन गर्नुपर्ने, राज्यले लगाएको दोहोरो कर हटाउनुपर्ने, श्रमिकलाई महँगीको अनुपातमा बाँच्न सकिने गरी तलबभत्ताको व्यवस्था गरिनुपर्नेलगायत माग गरेका छन्।

उक्त कार्यक्रममा सहभागीले स्थानीयमा औद्योगिक कपडाको व्यवस्था, उद्यमीलाई विभिन्न कारण जेल हाल्ने कानुन खारेज, उद्योगको तथ्याङ्ककोे अनुसन्धान तथा विकासलगायत विषयमा छलफल गरेका थिए । सो उद्योग प्ररिसङ्घका अध्यक्ष पोख्रेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?