Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु


मान्म,कालीकोट। कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताएका छन् । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताउए । “खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन्”, उनले भने, “देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।”
सो उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताए । “खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ भने अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ”, उनले भने, “त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।”
आजदेखि सुरु भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुने कालीकोट ब्याटमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा रु ५१ हजार एक सय ११ को प्रथम पुरुस्कार, दोस्रो पुरुस्कार रु ३१ हजार एक सय ११ र रु १५ हजार एक सय ११ तेस्रो पुरस्कार रहेको छ ।
उक्त जिल्लामा रहेका नौवटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याटमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?