Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु


मान्म,कालीकोट। कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताएका छन् । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताउए । “खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन्”, उनले भने, “देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् ।”
सो उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताए । “खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ भने अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ”, उनले भने, “त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।”
आजदेखि सुरु भएको प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुने कालीकोट ब्याटमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा रु ५१ हजार एक सय ११ को प्रथम पुरुस्कार, दोस्रो पुरुस्कार रु ३१ हजार एक सय ११ र रु १५ हजार एक सय ११ तेस्रो पुरस्कार रहेको छ ।
उक्त जिल्लामा रहेका नौवटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याटमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?