Trending
>>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री >>   स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार >>   बेरोजगारी,आर्थिक संकट र लागुऔषधका कारण मानसिक समस्यामा वृद्धि :सांसद इन्दिरादेवी >>   खराब कर्जाको चुलिंदो संकट: एक दर्जनभन्दा बढी बैंक उच्च जोखिममा >>   पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः प्रचण्ड >>   अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा >>   व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल साउन ३० गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल >>   देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः… >>   दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छः महामन्त्री थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन्। महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताएका छन् ।

“संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो”, उनले भने । उनले काठमाडौंमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौंलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे । उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताउएका छन् । महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए ।

कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौंका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे। उनले विस २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे। “आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।

त्यस्तै, नेता पौडेलले स्वास्थ्य, शिक्षा र न्याय आम नागरिकले खोजेको भन्दै त्यो दायित्व पूरा गर्न कांग्रेस लाग्नुपर्ने बताउदै उनले पार्टीका नेता होइन कार्यकर्ताले टिकट दिने व्यवस्था बनाउनुपर्ने बताएका छन् । काठमाडौंका जिल्ला सभापतिलाई कांग्रेसले टिकट दिन नसकेको उनको भनाइ रहेको थियो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नीति अधिवेशनले सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । “अब देश र जनताले खोजेकोजस्तो पार्टी बनाउनका लागि नीति अधिवेशनले आवश्यक बाटो पहिल्याएर अगाडि बढ्नुपर्छ”, उनले भने ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनप्रतिनिधि र पार्टीका बीचमा समन्वय नहुँदा समस्या परेको बताएका छन् । उक्त पार्टीभित्र देखिएको तित्ततालाई एकतामा ल्याउनका लागि सबै लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।

उक्त प्रदेश सभापति बानियाले टिकट दिने पद्धतिमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?