Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘टुर द ठाकुरद्वारा’ आजदेखि सुरु


जानकी,बाँके। बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ‘टुर द ठाकुरद्वारा’ सुरु भएको छ । बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत ‘टुर द ठाकुरद्वारा’ सुरु भएको हो ।

आज नेपालगञ्जबाट सुरू भएको साइकल यात्रा भोलि बर्दियाको ठाकुरद्वारामा गएर सम्पन्न हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा दुई सयभन्दा बढी साइकलयात्री सहभागी भएका आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

सो कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेको वागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय चार किलोमिटर लामो छ । वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने उनले जानकारी दिए।

त्यस्तै, साइकलयात्राका लागि टिसर्ट सार्वजनिक गर्दै चीन र भारतबाटसमेत साइकलयात्रीको सहभागिता रहेको संयोजक निरौलाले बताए । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब रु २७ लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिएका छन् ।

उक्त यात्रामा सहभागी हुने साइकल यात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए। उनका अनुसार बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि ‘टुर द ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ ।

उक्त साइकलयात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत जिल्लाबाट दुई सय पाँच जना साइकलयात्री सहभागी रहेका छन् ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?