Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’


काठमाडौं। आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् ।

दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

“दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भने ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गरेका छन् । “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भने ।

आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गरेका छन्। निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

“यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ भने सो चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भने।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?