Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै


काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण हुने जनाइएको छ । नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले बताएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दैछन् भने उनीहरूलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ । सो मन्त्रालयको अन्तिम टुङ्गो लगाएर आजै चार बजे शपथ ग्रहण हुने जनाइएको छ ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?