Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। उक्त बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अपराह्न ३ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिएका छन्। बैठक भोलि पनि बस्ने उनले बताएका छन्।

सो बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको थियो।

ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव सङ्कलन गरिने भनिएको थियो। पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो।

त्यस्तै, स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिने शाहले जानकारी दिएका छन्।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?