Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रौतहटमा अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत


रौतहट। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडामा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । एमाले रौतहटको १०औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०औँ जिल्ला अधिवेशन हुँदै छ । उक्त अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ ।

बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ भने एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ। त्यस्तै, अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।

 


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?