Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

घरघरमा अण्डा पुर्‍याउन ठाउँठाउँमा डिपो, उपभोक्ताले सस्तोमा पाउने


चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले उपभोक्ताको घर घरमा अण्डा पुर्‍याउन विभिन्न ठाउँमा डिपो सञ्चालनमा ल्याएको छ । आफ्नो उत्पादन र कृषकको फार्मबाट अण्डा सङ्कलन गरेर देशका विभिन्न सहरमा डिपोमार्फत अण्डा बिक्री गर्दै आएको हो ।

उक्त उद्योगले आजदेखि दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औँ डिपो हो । खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महँगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पुर्‍याउने अभियान सञ्चालन गरेको कम्पनीका प्रबन्ध निर्देशक विनोद पोख्रेलले बताएका छन् ।

त्यस्तै, आफ्नो उत्पादन र सङ्कलन भएको अण्डा डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याउन विभिन्न सहरमा डिपो सञ्चालनमा ल्याइएको पोख्रेलले जानकारी दिए । उत्पादक र उपभोक्ताबीच प्रत्यक्षरुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरिएको उनको भनाइ रहेको थियो ।

देशभर कम्तीमा ३० डिपो पुर्‍ याउने लक्ष्य रहेको पोखरेलले बताउदै उनका अनुसार डिपो नभएका सहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ। सो डिपो खोल्नासाथ मूल्य कम नभए पनि अण्डा केही सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ भने उक्त कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक सङ्कलन गर्ने गरेको छ ।

उक्त उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख सहरमा डिपो सञ्चालनमा ल्याइसकिएको छ भने अन्य सहरमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको छ ।

त्यस्तै, चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक पोख्रेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गरेका छन् । सो अवसरमा भीमेश्वर नगरपालिका–३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स सङ्घका अध्यक्ष राजकुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?