Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सुशासन नहुनुको कारण वर्तमान प्रणाली होः राजेन्द्र लिङ्देन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन नहुनमा वर्तमान प्रणालीलाई दोष दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले वर्तमान निर्वाचन प्रणाली, नियुक्ति प्रणाली, ऐन निर्माण गर्ने विधिका कारण अपेक्षा गरेको परिवर्तन सम्भव नभएको दाबी गरेका छन् ।

त्यसैगरी, परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको लिङ्देनले ठोकुवा गरे भने जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको सदनमा उनले सुनाए । केही सिमिति राजनीतिक दल र तिनका सिमित नेताहरुहरुको मुठ्ठीमा देश कैद भएको लिङ्देनले आरोप समेत लगाएका छन् ।

राप्रपाले पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताएका छन् । ‘अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्दछ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ लिङ्देनले सदनमा भने ।

 


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?