Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चित्रबहादुर केसीले भने- विदेश गएका छोराछोरी फर्किदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन


काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताएका छन् । उनले विदेश गएका छोराछोरी नफर्किने भन्दै अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् । स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’

सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको भन्दै केसीले आफू आज मात्र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री र कर्मचारी भेटेर आएको बताएका छन् ।

संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न आफूहरूले गरेको प्रयास असफल भएको भन्दै केसीले अहिले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भएको छ, तर मुलुक संकटमा परेको छ’ उनले भने ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?