Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चित्रबहादुर केसीले भने- विदेश गएका छोराछोरी फर्किदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन


काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताएका छन् । उनले विदेश गएका छोराछोरी नफर्किने भन्दै अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया । हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन् । स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ ।’

सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको भन्दै केसीले आफू आज मात्र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री र कर्मचारी भेटेर आएको बताएका छन् ।

संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न आफूहरूले गरेको प्रयास असफल भएको भन्दै केसीले अहिले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको टिप्पणी गरे । ‘राजनीतिक दलका नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भएको छ, तर मुलुक संकटमा परेको छ’ उनले भने ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?