Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

दक्षिणी रसुवाका सुकुम्बासीलाई निस्सा वितरण


रसुवा। दक्षिणी रसुवाको कालिका गाउँपालिकाका दलित, भूमिहीन एवं सुकुम्बासीका लागि भूमिको प्रमाणस्वरुप बसोबासको पहिलो निस्सा प्रदान गरिएको छ ।

भूमि आयोग रसुवाका जिल्ला अध्यक्ष लामाकार्पु तामाङका अनुसार सो आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा भूमिहीन तथा सुकुम्बासीलाई जमिनको स्वामित्व प्रदान गर्न गाउँपालिकाको कार्यालयमा बसी स्थानीय सरकारका प्रतिनिधिकै रोहवरमा नौ जनालाई जग्गा उपलब्ध गराउने पहिलो निस्सा प्रमाण प्रदान गरिएको र जिल्लाभरकै दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रसुवावासी नागरिकको पहिचान तीव्ररूपमा भइरहेको छ ।

त्यस्तै, पहिलो चरणमा प्रदान गरिएको निस्सा प्रमाणबाट अब नापी कार्यालयले नाप जाँच गरी क्षेत्रफल यकिन गर्ने, हाल बसोबास गरिरहेको जग्गामा कुनै जोखिमको सम्भावना भएमा उपयुक्त स्थान छनोट गरिनेसमेत बताइएको छ भने गत विगतदेखि छनोट भएका भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन गरेको प्रयासले यस वर्षबाट पूर्णता पाउने अपेक्षा गरिएको छ ।

उक्त गाउँपालिकाको इटपारे, कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, पुरानो तातोपानी र गोल्जुङ, रोङ्गा दोभान उत्तरगया गाउँपालिकाको बङ्से क्षेत्रमा धेरै बासिन्दा अव्यवस्थित र सुकुम्बासीको रूपमा बसोबास गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?