Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

संसद्लाई नैतिकताविहीन नबनाऔँः सांसद खान


काठमाडौं। जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद् अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसद्को चालु अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका हुन् ।

उनले विगतका दुई वटा संसद् अधिवेशन नैतिकता विहीन भएको बताउदै संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा ताली बनाउने बाहेक केही हुन नसकेको बताएका छन् । उनले कानुन निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

उनले भने, ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेर्स्याउने काम भयो । आखिर यो कसको लागि? कसले कसको लागि प्रश्न गरिरहेको छ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा? यो कुराप्रति हामी सिंगो सदन नै गम्भीर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि ताली बजाउने बाहेक केही गरिरहेका छैनौँ ।’

सांसद खानले संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?