Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसद्लाई नैतिकताविहीन नबनाऔँः सांसद खान


काठमाडौं। जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद् अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसद्को चालु अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका हुन् ।

उनले विगतका दुई वटा संसद् अधिवेशन नैतिकता विहीन भएको बताउदै संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा ताली बनाउने बाहेक केही हुन नसकेको बताएका छन् । उनले कानुन निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

उनले भने, ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेर्स्याउने काम भयो । आखिर यो कसको लागि? कसले कसको लागि प्रश्न गरिरहेको छ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा? यो कुराप्रति हामी सिंगो सदन नै गम्भीर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि ताली बजाउने बाहेक केही गरिरहेका छैनौँ ।’

सांसद खानले संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?