Trending
>>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

दयाहाङ स्टारर ‘दयारानी’को बुकिङ खुला, डायस्पोरामा ४०० शो तय


काठमाडौं। शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ ।

पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दै छ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरेका छन् । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र अन्य सहरमा गरी ३६ शो उपलब्ध गराएको छ ।त्यसैगरी, आईएनआईले १२, बिग मुभिजले ६, वान सिनेमाजले नौ शो दिएका छन् भने रञ्जना, सीके, बीएसआर, सीडीसी र क्युज हलले पनि सोही अनुपातमा शो विभाजन गरेका छन् ।

दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुवै देशमा फिल्मको ४०० शो तय भएको जनाइएको छ । रामबाबु गुरुङको बाँसुरी र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । सो फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय रहेको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यु आईटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डाइरेक्टर मणिराम पोख्रेल हुन् । अमेरिकाका २३ हलमा १९७ शो पक्का भएको अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले जनाएको छ भने टेक्सस, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागोलगायत नेपालीको संख्या उल्लेख्य रहेका सहरमा फिल्म रिलिज हुने जनाइएको छ ।

त्यस्तै, अष्ट्रेलियामा पनि मुख्य सहरहरुमा फिल्म लाग्ने पनि उल्लेख छ । उक्त फिल्म खाडीका मुलुकमा १५ फेब्रुअरी र भोलिपल्ट युरोपेली मुलुकमा रिलिज हुने जनाइएको छ ।

 


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?